काठमाडौँको सानदार मःमः सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

7 महीना पहिले प्रकाशित

काठमाडौँ, माघ २४ गते । काठमाडौँको कमलपोखरीमा अवस्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको घटनामा ११ जना व्यक्तिहरू घाइते भएका छन्।

घटना भान्सा कोठामा भएको हुँदा, घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए। घाइतेलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्राथमिक अनुसन्धानका क्रममा ग्याँस सिलिन्डर विस्फोटको वास्तविक कारण पत्ता लगाउने कार्य सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?