गायक उदितनारायण झा विवादमा, सामाजिक सञ्जालमा आलोचना
7 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २१ गते । लोकप्रिय गायक उदितनारायण झा हाल एक विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनलाई एक महिला फ्यानसँग चुम्बन गर्दै देख्न सकिन्छ। ३१ जनवरी राति एक कन्सर्टको क्रममा सेल्फी खिच्ने क्रममा ती फ्यानले झालाई गालामा चुम्बन गरेपछि उदितले उनलाई ओठमा किस गरेका थिए। उक्त भिडियो बाहिरिएपछि उनलाई चर्को आलोचना भइरहेको छ।
यस घटनाबारे आलोचना बढेपछि उदितनारायणले स्पष्टीकरण दिएका छन्। उनले फ्यानहरू आफ्नो प्रेम देखाउन उत्साहित हुने भन्दै यस विषयलाई अनावश्यक रुपमा नउडाउन आग्रह गरे। "फ्यानमा धेरै क्रेज हुन्छ। हामी सभ्य छौँ, तर केही मानिसहरूले यसरी आफ्नो माया व्यक्त गर्छन्," उनले भने। भिडमा धेरै मानिस भएका कारण यस्तो अवस्था सिर्जना भएको उनले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments