राष्ट्रपति पौडेलद्वारा सोनाम ल्होसारको शुभकामना
7 महीना पहिले प्रकाशित

काठमाडौँ , माघ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना दिँदै उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजमा यस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए। उनले यस पर्वले आर्थिक र सामाजिक समृद्धितर्फ अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। यस अवसरमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा तथा बुद्धका सन्देशहरूको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्ने र खुसी आदानप्रदान गर्ने परम्परा छ। मुलुकभर बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिहरूले पनि आ-आफ्नो शैलीमा यो पर्व मनाउने गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments