नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता

7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ १५ गते । सरकारले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबार प्रतिनिधि सभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका हुन्।

गृह मन्त्रालयका अनुसार, अदालतमा मुद्दा परेका विषय र तिनमा भएका आदेशलाई सम्बोधन गर्दै नागरिकता प्रदान गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन संशोधन विधेयक ल्याइएको हो। विधेयकमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता प्रदान गर्ने व्यवस्था थप परिमार्जन गरिएको छ। बाबु वा आमामध्ये कुनै एकको नागरिकता नपुगेको अवस्थामा पनि सन्तानले नागरिकता प्राप्त गर्न सक्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?