ठमेलको गेस्ट हाउसमा युवती मृत फेला
7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ १३ गते। ठमेलस्थित ड्रेन्किङ इन गेस्ट हाउसमा २१ वर्षीया युवती मृत फेला परेकी छन्। आइतबार बिहान ९ बजेतिर महानगरपालिका-२६ मा रहेको गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी समिरा तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिएकी छन्।
उनको मृत्युको कारण पत्ता लगाउन प्रहरी अनुसन्धान जारी रहेको डिएसपी चन्दले बताइन्। शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
कमेन्ट गर्नुहोस्
view comments