कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन डीन र एक निर्देशक नियुक्त

7 महीना पहिले प्रकाशित

चितवन, माघ १० गते । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाका अनुसार कृषि सङ्कायको डीनमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा. डा. भूमिनन्द देवकोटा, र वन सङ्कायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका छन्।

त्यसैगरी, प्राडा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रूपमा नियुक्त गरिएको छ। विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी रहेको भए पनि हालसम्म यो दरबन्दीमा केही पद रिक्त रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?