सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन सुरु
7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ७ गते । सडक चेकजाँचका क्रममा सर्वसाधारणलाई आफ्ना मानिसलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीविरुद्ध छानबिन प्रक्रिया थालिएको छ। दुई पाङ्ग्रे सवारीको चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले “पावर देखाएको?” भन्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना सार्वजनिक भएको हो।
घटना चितवनको भएको बताइएको छ। चितवनका एसपी गौतम मिश्रले घटनाबारे छानबिन गर्न डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्। एसपी मिश्रले भने, “समितिले घटनाको तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाएपछि संलग्न प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही अघि बढाइनेछ।” घटनाको सत्यता र दोषी पहिचान गर्न समितिले छिटो प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments