सुप्रिम सहकारीको रकम अपचलन मुद्दा: रवि लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा अदालतमा पठाइयो
7 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ६ गते । रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दा जिल्ला अदालतमा पठाएको छ। आइतबार बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा अदालतमा पेश गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलका अनुसार, १७ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि पठाइएको छ। उनले भने, "अदालतमा मुद्दा रुजु गर्न कति समय लाग्ने हो, त्यो भन्न सकिन्न।"
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ सदस्यले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। यसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ। प्रहरीले रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो। अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत २ करोड र गोर्खा मिडियाको नाममा सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments