चालु वर्षमा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा
7 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ६ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका हुन्। यसमध्ये पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जान श्रम स्वीकृति प्राप्त गरेका छन्।
उक्त अवधिमा व्यक्तिगत पहलमार्फत १ हजार ८५ र मेनपावरमार्फत ६७ हजार २५८ जना विदेशिएका छन्। पुस बाहेकका महिनामा व्यक्तिगत पहलबाट ५४ हजार ३७४, मेनपावरमार्फत १ लाख ३१ हजार ८५०, पुन: श्रम स्वीकृतिबाट १ लाख ३५ हजार ४२५, र जीटुजी (सरकार-देखि-सरकार) प्रणालीबाट ४ हजार १६० जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति प्राप्त गरेको विभागले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments