राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात ः प्रचण्ड

5 वर्ष पहिले प्रकाशित

माघ ६ , २०७७

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?