धनुषामा पारिवारिक रिसिबीले पाँच वर्षीय बालकको हत्या, एक महिला पक्राउ

4 वर्ष पहिले प्रकाशित

१७ पुस , २०७७

धनुषाको विदेह नगरपालिकामा ५ वर्षीय बालकको हत्यामा संलग्न रहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने दुहबी जीवन अमातका ५ वर्षीय छोरा अभिनन्दन रायको हत्या गरेको आरोपमा महिलालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा दुहबी बस्ने २६ वर्षीय प्रमिलादेवी अमात रहेको उनले बताए ।

बिहीवार दिउँसो अन्दाजी २ बजेतिर घरबाटै अभिनन्दन एकाएक सम्पर्कविहीन भएपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्दै जाँदा उनको शव बिहिबार करिब साढे ७ बजे फेला पारेको थियो । प्रहरी उपरीक्षक बस्नेतका अनुसार प्रमिलाले रुपैयाँ लेनदेन विवादलाई रिसिवी बनाई सो बालकको हत्या गरेको आरोप लगाए । ५ वर्षीय अभिनन्दन आफ्नै घर नजिक खेलिरहेको अवस्थामा चाउचाउको प्रलोभन दिएको र पछि निद्रा लागेपछि आफ्नै घर लगेर बच्चालाई सुताएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बच्चा सुतेपछि प्रमिलाले घाँटी थिचेर हत्या गरेको देखिएको छ । बच्चालाई हत्या गरेर प्रमिलाले भैँसी बाँध्ने गोठमा शव गाडेकी थिइन् ।
बालक अभिनन्दनको शव पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?