जनकपुरमा पुरानो रिसइबीले लियो युवकको ज्यान

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते ।  धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ भने २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका साफीको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो। घटनामा गम्भीर घाइते भएका राइनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार गरिएको प्रारम्भिक जानकारी छ। घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?