फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाएको आरोपमा १८ वर्षीय युवक पक्राउ
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २६ गते । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने प्रकृतिको तस्बिर राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।
सामाजिक सञ्जालमा हतियार देखाएको आरोपमा अनुसन्धान
प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर त्रास फैलाउने किसिमको तस्बिर सार्वजनिक गरेको आरोप छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। नियन्त्रणमा लिइएका पटेलमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments