मन्त्रिषरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली
5 वर्ष पहिले प्रकाशित
१० पुस , २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए ।
प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताएका छन् । ’मन्त्रिपरिषद् विस्तार गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो । आजै वा भोलिसम्ममा विस्तार हुनेगरी तयारी छ,’ बास्कोटाले भने ।
ओलीनिकट अर्का एक नेताले पनि विस्तारको गृहकार्य भइरहेको बताए । शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ ।
नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् । त्यही ठाउँमा ओलीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments