जनकपुर आएर प्रचण्डले भने अब बस्ने सांदद बैठकबाट नागरिकता विधेयक पारित हुने
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ८ गते ।नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांदद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न नकपुरधाम आइपुगेका प्रचण्डले नागरिकता विधेयक पारित हुने बताएका हुन् ।
लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ ।
जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।
अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्।
पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषदमा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिएका हुन्।
‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावनाचाहिँ छ’, उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि छ, केही नयाँ आउने सम्भावना पनि छ।’
यस विषयमा प्रधानमन्त्री देउवालाई गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको भन्ने कुरा आफूले राखेको बताए।
कमेन्ट गर्नुहोस्
view comments