निर्वाचनअघि असुल होला ५ अर्ब ४४ करोड बेरुजु ?

4 वर्ष पहिले प्रकाशित

चैत ६ गते ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पुनः निर्वाचन उठ्नका लागि बेरुजु फस्र्यौट अनिवार्य रूपमा गर्नुपर्ने गरी आचारसंहिता जारी गरेपछि उनीहरूका नाममा अर्बौँ बेरुजु उठ्ने सम्भावना देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गत वर्ष गरेको लेखापरीक्षणका क्रममा विभिन्न स्थानीय तहबाट ५ अर्ब ४४ करोड २९ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको औंल्याएको थियो ।

पालिकाको मुख्य नेतृत्वको हैसियतले आफ्नो पालिकामा रहेको बेरुजु फस्र्यौट गर्नुपर्ने दायित्व मेयर वा अध्यक्षको हो ।

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने तह निर्वाचनलाई लक्षित गरी आचारसंहितासमेत जारी गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?