आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै नेकपा ओली पक्षीय

5 वर्ष पहिले प्रकाशित

२०७७ पुष ९ गते 

नेपाल कम्युनिष्ट पार्टी नेकपा को केपी शर्मा ओली पक्षले आज पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम दिँदै छ ।

ओली पक्षले आज पनि त्यसलाई निरन्तरता दिँदैछ ।नेकपाको ओली पक्षले बुधबार नयाँ तथा पुराना केन्द्रीय सदस्यसँग परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको थियो ।

ओली पक्षको प्रशिक्षणमा संसद विघटनको कारण, दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पार्टी पनि फुटाएको विषय प्राथमिकतामा परेका छन् ।पार्टी बलियो बनाउन र चुनावी जितका लागि प्रशिक्षण पारेको ओली पक्षका नेता लेखराज भट्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?