सिन्धुलीको दुधौली ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको ज्यान गयो, २४ जना घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ३० गते । सिन्धुलीको दुधौली नगरपालिका(५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका(२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?