विकास पुरुष मकेश्वर वावू को १० औ श्रदान्जली सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

२०७७ पुष ६ गते

विकास पुरुष मकेश्वर प्रसाद सिंह को १० औ श्रदान्जली सभा आज एक कार्यक्रम को बीच सम्पन्न भएको छ ।


संस्था को अध्यक्ष रितेश सिंहको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम मा पूर्व मेयर वजरंग प्रसाद साह, प्रदेश सांसद रामआशिष यादव, समाज सेवी प्रकाशचन्द्र साह, अमरचन्द्र अनिल, नेकपा केन्द्रीय सदस्य श्री प्रसाद साह ले उनको योगदानको बारेमा चर्चा गरेको थिए ।


वक्ताहरु उनको द्ररा गरेका जनकपुर को कृतिहरु जस्तैः वाह्र विघा संरक्षण, जानकी आँखा अस्पताल, जनकपुर अञ्चल अस्पताल, नेपाल अपाङग संघ, सूस्त मन स्थिति, सरस्वती माध्यमिक विधालय, राराब क्यम्पस आदि मा खेलिएको उनको भूमिका प्रमुख सक्रियता को बारेमा चर्चा गरेको थियो ।


कार्यक्रम मा यो वर्षको मकेश्वर वावू सामाजिक पुरस्कार कलर्स एफ.एम १०२.४ मेगाहर्ज को कार्यक्रम समधियाका संचालक तथा वरिष्ट पत्रकार श्याम सुन्दर शशि को प्रदान गरिएको छ ।पुरस्कार को सम्मानपत्र, दोसल्ला को बाहेक नगद ५ हजार ५ सय १ रुपैया सहित प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?