नेपाली कांग्रेस धनुषाको सभापति चयन गर्नका लागि दोस्रो चरणको मतदान सुरु

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २७ गते ।नेपाली कांग्रेस धनुषाको सभापति चयन गर्नका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो। विहानैदेखि मत खसाल्न मतदाताहरुको ठूलो लाइन लागेको छ। मतदानस्थलमा सुरक्षा कडा पारिएको छ।

सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार हुन्।

पहिलो चरणमा कम मत ल्याएकाले प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले पजियारलाई समर्थन गरेका छन्।

पजियारलाई जिताउन निधीले मतदानस्थलमै भोट माग्न व्यस्त देखिएका छन्। उनले हात जोडेर मतदाताहरुसंग भोट मागिरहेका छन्।

धनुषामा कुल ३ हजार ५० निर्वाचन प्रतिनिधि ९मतदाता० छन्। निर्वाचन समितिका अनुसार पहिलो चरणमा २ हजार ९१२ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?