आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरे ओलीको दाबी

5 वर्ष पहिले प्रकाशित

पुस ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको दाबी गर्नुभएको छ ।

सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।

सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाउनुभएको छ ।  

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?