शेयर बजार आज ५२ दशमलव २१ अङ्कले बढ्यो

3 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २६ गते।केही दिनयता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव २१ अङ्कले बढेर दुई हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुगेको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज इमर्जिङ नेपाल हाइड्रोको शेयर १० प्रतिशतले तथा कर्णाली विकास बैंक, नेपाल हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जी नेपालको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?