भारतीय राजदूत श्रीवास्तवद्वारा वीरगञ्जमा सीमा व्यापार र बाढी राहतबारे छलफल

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २८ गते ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वीरगञ्ज भ्रमणका क्रममा सीमा व्यापार, द्विपक्षीय सहकार्य, उद्योग–व्यवसाय तथा नेपालमा हालै आएको बाढीपछि भारतले उपलब्ध गराएको राहत र उद्धार सहयोगबारे विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्नुभएको छ। दुईदिने भ्रमणका क्रममा उहाँले वीरगञ्जस्थित एकीकृत जाँच चौकी तथा भारतको रक्सौलस्थित एकीकृत जाँच चौकीको निरीक्षण गरी भन्सार, अध्यागमन, सुरक्षा तथा सम्बन्धित अधिकारीसँग सीमा व्यापार र आयात–निर्यात सहजीकरणबारे जानकारी लिनुभएको थियो। उहाँले वीरगञ्जका उद्योगी–व्यवसायी, नेपाल–भारत मैत्री संघ, सहयोग मञ्च तथा स्थानीय सञ्चारकर्मीसँग समेत अन्तरक्रिया गर्नुभयो।

सञ्चारकर्मीसँगको भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारतको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र नेपालको विकासमा भारतको निरन्तर सहयोग प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँका अनुसार अगस्ट २६ देखि भारतले नेपालमा १३० टनभन्दा बढी राहत सामग्री पठाएको छ भने भारतीय वायुसेनाका आठ उडानमार्फत आश्रय सामग्री, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती र औषधि पठाइएको छ। चिलिमे र लाङटाङ क्षेत्रमा उद्धारका लागि ५४ जना विशेषज्ञसहित विशेष सुरुङ उद्धार टोली परिचालन गरिएको तथा डीएनए किट, फरेन्सिक सहयोग र बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सात पुलका लागि आवश्यक सामग्री पठाइएको उहाँको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?