विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो
3 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २३ गते । विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ ।
अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।
कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको बीबीसीले जनाएको छ । सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो ।
यसैबीच, रुस र युक्रेनको युद्धका कारण मध्यपूर्वी तथा उत्तरी अफ्रिकाका देशमा खाद्यान्नको अभाव हुनसक्ने विश्लेषण गरिएको छ । यसले गर्दा इन्धनसँगै खाद्यान्न र खाने तेलको भाउ बढ्ने खबरमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
view comments