तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि

3 वर्ष पहिले प्रकाशित

फागुन २२, २०७८

नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ।
आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
निरन्तर बढेको सुनको भाउ यो सातामै ५ हजार ३ सय रूपैयाँले बढेको हो।

गत आइतबार ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो।

पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?