माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बीच भेटवार्ता
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १९ गते ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
बिहान आफ्नै निवास खुमलटार बोलाएर उहाँले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गर्नुभएको हो । एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनु भएको थियो ।
श्रेष्ठले पार्टी छाडेर जान सक्ने सङ्केत समेत गर्नुभएको थियो । तर, त्यसपछि फेरि प्रचण्डले आफू बहकिएको भन्दै पार्टी नछोड्न श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । उहाँले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गर्दै आउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments