बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी, लेखराज भट्टसमेत सहभागी , गृहमन्त्री थापा गएनन्

5 वर्ष पहिले प्रकाशित

पुस ५ , २०७७

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो ।
गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
प्रधानमन्त्री निकट एक सांसदका अनुसार भेलामा अपेक्षाभन्दा बढी सांसद उपस्थित भएका छन् । भेलामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।
ओली पक्षले प्रतिनिधिसभा विघटन सही भएको भनिरहेका बेला त्यसको विरोधमा रहेका नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरू भने १ बजे संघीय संसद् भवन बानेश्वरमा भेला हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?