ढल्केवरमा पार्टीका कार्यकतासँगको भेटघाटको क्रममा १३ औं अधिवेशनका बेला माथिल्लो दर्जाका नेताहरु आफूलाई दिएको आश्वासन बिर्से

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १८ गते ।नेपाली काँग्रेसको धनुषा सभापतिमा उम्मेदवारी घोषणा गरेका सन्तोष यादवले उप्पलो दर्जाका नेताहरु आश्वासन विर्सेकाले पार्टीको १४ औं अधिवेशनबाट पदाधिकारी छनौट गर्न निर्वाचनको स्थिति आएको बताएका छन् ।

पार्टीको वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सभापति पदका उम्मेदवार यादवले मंगलबार ढल्केवरमा पार्टीका कार्यकतासँगको भेटघाटको क्रममा १३ औं अधिवेशनका बेला माथिल्लो दर्जाका नेताहरु आफूलाई दिएको आश्वासन बिर्सेको बताए ।

१३ औं अधिवेशनको क्रममा आफू जिल्ला सभापतिमा उम्मेदवारी दिएको भएपनि अन्तिम समयमा आएर विमलेन्द्र निधि, रामसरोज यादव, रामकृष्ण यादव, महेन्द्र यादव, स्मृतिनारायण चौधरी र आन्नद ढुङ्गानालगायत पार्टीका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार सभापतिको उम्मेदवारी फिर्ता लिएँ । ‘सहमतिअनुसार यस पटक महेशशङ्ककर गिरीलाई सभापतिका लागि स्थान सुरक्षित गरिदिन र १४ औं अधिवेशनमा सभापतिमा सघाउने आश्वासन नेता निधिले दिएको थियो ।

त्यतिखेर उनीहरुले दिएको आश्वासनको पालना गर्दै उपसभापतिमा चित्त बुझाएँ । यतिखेर भने विमलेन्द्र निधि र रामकृष्ण यादव आ–आफ्ना गुटबाट उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा उतारेका छन् । विगतका सहमतिअनुसार आफूलाई सभापतिमा सघाउन नेता निधि र रामकृष्णसँग आग्रहसमेत उनले गरे ।

पार्टीको एक अनुशासित कार्यकर्ता भएर लामो समयदेखि पार्टी उत्थानको काममा खटिरहेको बताउँदै सभापतिका उम्मेदवार यादवले नेपाली काँग्रेसलाई उचाइँमा पु¥याउन उम्मेदवारी दिएकाले सबैलाई सहयोग गर्न उनले अपिल गरे ।
नेपाली काँग्रेसका युवा नेता बुधेश्वर महतोले आसन्न अधिवशेनबाट जिल्ला पदाधिकारी निर्वाचनबाटै छिनोफानो हुने बताए । गुटहरुबीच सभापतिको विषयलाई लिएर गरिएको सहमति प्रयास खेर गएपछि निर्वाचनबाटै सम्पूर्ण पदाधिकारी छनौट हुने निश्चितजस्तै भएको उनले जानकारी दिए ।

सन्तोष यादवलाई सभापति र योगेन्द्र पजियार र दिनेश प्रसैलालाई उपसभापति बनाउन गरिएको प्रस्ताव नेता निधि र रामकृष्णले अस्वीकार गरिदिएको छ । सहमतिको अव कुनै सम्भावना पनि नभएको नेता बुधेश्वरले भने । तीन कार्यकाल जिल्ला कार्यसमितिमा बिताइसकेको तथा एउटा अग्रजको नेता मान्यताले पनि यादवलाई सभापतिका लागि मार्ग प्रशस्त गर्नुपथ्र्यो । तर त्यसो हुन सकेन उनले भने ।

महेन्द्र यादव, आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, समिर घिमिरेलगायत पार्टीका अधिकांश शीर्ष नेता सन्तोषको पक्षमा उभिएको छ । यसले गर्दा पनि सभापतिमा उनको जित सुनिश्चित रहेको आँकलन गरिएको छ ।

नेपाली काँग्रेस धनुषा सभापतिका लागि निधि गुटबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियार र कोइराला गुटबाट पूर्व संविधान सभासदस्य दिनेश प्रसौला उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?