सामूहिक रुपमा राजीनामा दिने ५ मन्त्रीको तयारी

5 वर्ष पहिले प्रकाशित

५ पुस, २०७७

संसद विघटनको सिफारिसको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले रानीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले बताएको छ । यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामबारे कुनै निर्णय नगरेको बुझिएको छ ।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले जानकारी दिए ।
संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?