प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १२ गते 

प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?