प्रतिनिधिसभाको बुधबारका कार्यसूचीमा एमसिसी

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ११ गते। प्रतिनिधिसभाको बुधबारका लागि निर्धारित बैठकको कार्यसूचीमा एमसिसीसम्बन्धी छलफललाई राखिएको छ।

संसद सचिवालयले तयार पारेको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसिसीबीच भएको अनुदानसम्झौतासम्बन्धी प्रस्ताव सामान्य प्रस्तावका लागि पेश गर्ने उल्लेख छ।

यद्यपि आइतबारको बैठकमा एमसिसीसम्बन्धी परियोजना अर्थमन्त्री शर्माको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?