साउदी अरबमा भएको हवाई हमलामा एक नेपाली श्रमिकको मृत्यु, तीन घाइते
20 घन्टा पहिले प्रकाशित
काठमाडौं, मंसिर ११ गते । साउदी अरबमा भएको हमलामा परी एक नेपाली श्रमिकको ज्यान गएको छ। साउदीको जिजान शहरमा रहेको तेल प्रशोधन केन्द्रमा भएको हवाई हमलामा त्यहाँ कार्यरत एक नेपालीको मृत्यु भएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ। नेपालको परराष्ट्र मन्त्रालयले पनि साउदीमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको र अन्य तीन जना घाइते भएको जानकारी दिँदै दुःख व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको उपचार जारी छ। द्वन्द्व र विवादको समाधानका लागि सबै पक्षले अधिकतम संयम अपनाउन र शान्तिपूर्ण उपायको बाटो रोज्न नेपालले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments