भाटभटेनीको टंगाल शाखामा अब २४ घण्टै किनमेल सुविधा
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, मंसिर १ गते । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोरले आफ्नो सेवा विस्तार गर्दै आजदेखि चौबिसै घण्टा सञ्चालन सुरु गरेको छ। रातिको समयमा समेत ग्राहकलाई सहज रूपमा आवश्यक सामान खरिद गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्। यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसै घण्टा सेवा सुरु गरेको भाटभटेनीले अब टंगाल शाखामा पनि उक्त सुविधा विस्तार गरेको हो।
व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनीको व्यवसाय अहिले देशका विभिन्न स्थानमा फैलिएको छ। कम्पनीका अनुसार हाल देशभर २७ वटा शाखा सञ्चालनमा छन्। वार्षिक करिब ३२ अर्ब रुपैयाँको कारोबार गर्दै आएको कम्पनीले आफ्ना विभिन्न शाखामार्फत २२ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments