चित्रान्स समाज सिरहाद्वारा चित्रगुप्त पुजनोत्सव सम्पन्न

5 घन्टा पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, कात्तिक २६ गते, बिहिबार। सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।मैथिल कायस्थ (देवान जी) समुदायहरुको वंशज रहेका भगवान श्री चित्रगुप्त जी महाराजको पुजनोत्सव चित्रान्स समाज सिरहाद्वारा हरेक वर्ष जस्तै यस बर्ष पनि भव्यताकासाथ सम्पन्न गरेका छन् । चित्रगुप्त हिन्दू सनातन विश्वासमा एक देवताका रूपमा पुज्य देवता हुन् । उनलाई पृथ्विका हरेक मानिसका पाप, धर्म, काम र कर्तव्यको अभिलेख राख्ने देवताको रूपमा चिनिन्छ । मानिसको मृत्यु पश्चात त्यस अभिलेखमा आधारित प्रतिवेदनका आधारमा मृत्यु भएर आएको आत्मालाई स्वर्ग या नर्क कहाँ पठाउने भन्ने निर्णय हुने विश्वास गरिन्छ ।

चित्रगुप्तलाई कायस्थहरुको कुलदेवताको रूपमा पनि मानिन्छ । कायस्थहरुको बंशजका रुपमा रहेका भगवान श्री चित्रगुप्तजी महाराज स्वर्गलोकमा सबैको लेखाजोखा राख्दै आईरहेको र उनकै बंशजका रुपमा रहेका कायस्थहरुले समेत पृथवी लोकमा लेखा जोखा राख्दै आईरहेकाले उनीहरु आफू चित्रगुप्तकै सन्तान रहेको चित्रान्स समाजका सचिव नवल किशोर कण्ठले बताए।कायस्थहरुको मुख्य हथियार कलम रहेकाले कलमले नै बर्षभरि लेखपढ गर्दै आईरहेको र कलम नै मुख्य आय श्रोत रहेकाले उनीहरु बर्षमा एकदिन भााईटीकाका दिन कलमलाई बिश्राम दिई, कलम र द्वातलाई धोई पखाली मन्त्र उच्चारण गरि भव्यताकासाथ पुजापाठगरि मनाईदै आई रहेका छन्।

यसै अवसरमा भगवान श्री चित्रगुप्त जी महाराजको हाथमा रहेको चाँदीका कलम डाक बढाबढबाट रु ४१ हजारमा डा. दया शंकर लाल कर्ण कि श्रीमती निलम कर्ण ले हात पार्न सफल हुनुभएकोछ ।चित्रान्स समाज सिरहाद्वारा हरेक वर्ष जस्तै यस बर्ष पनि शान्त र सौहार्द बातावरणमा भगवान श्री चित्रगुप्त जी महाराजको पुजनोत्सव सम्पन्न गरेको पुजा समिति का संयोजक शुशिल कर्णले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?