भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग गरे बिदाइ भेट
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १३ गते । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्। नेपालमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। भारतीय विदेश सेवाका कूटनीतिज्ञ श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए। उनको कार्यकाल यही सेप्टेम्बरको अन्त्यमा सकिँदैछ र उनी अक्टोबरमा नयाँदिल्ली फर्किने तयारीमा रहेको रिपोर्टहरूमा उल्लेख छ।
श्रीवास्तव सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन्। नेपाल आउनुअघि उनले चीन, अमेरिका, कम्बोडियालगायतका मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेका थिए भने भारतीय विदेश मन्त्रालयमा पनि विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा काम गरेका थिए। उनको कार्यकाल सकिएपछि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन राकेश पाण्डेले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने बताइएको छ। श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारतबीचका उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा भूमिका निर्वाह गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments