धापाखेलमा पहिरोले साढे तीनतले घर ढल्यो

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते । । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित प्रगति टोलमा सोमबार बिहान पहिरोमा परी साढे तीनतले घर पूर्ण रूपमा ढलेको छ। मन्जुकुमारी राईको घर पहिरोको चपेटामा परी ढलेको हो। ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम हाछेथेका अनुसार बिहान ५ः३८ बजे पहिरोमा परी घर ढलेको जानकारी प्राप्त भएको हो।

पहिरोका कारण घर पूर्ण रूपमा ढलेपछि घटनास्थलमा क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको जनाइएको छ। घटनामा मानवीय क्षति भए–नभएको तथा घरमा रहेका व्यक्तिको अवस्थाबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?