जबराको पक्राउप्रति एमाले सांसद महरको आपत्ति, ‘विधिको शासनविपरीत’
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १२ गते । नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले पक्राउका क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाउँदै उक्त कदम विधिको शासन र कानुनी प्रक्रियाविपरीत भएको दाबी गरे। जबरालाई आइतबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाट नियन्त्रणमा लिएको पुष्टि भएको छ भने पक्राउको आधारबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।
महरले कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले राज्यले नागरिकको अधिकार, मान–प्रतिष्ठा र मानवअधिकारको सम्मान गर्नुपर्ने उल्लेख गर्दै जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि खतरा दिने भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा जबरालाई नै पक्राउ गरिएको भन्दै प्रश्न उठाए। साथै, ‘जेनजी’ आन्दोलनका नाममा युवाहरूलाई बदनाम नगर्न र सुरक्षा खतरा दिने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न उनले सरकारसँग माग गरे।
कमेन्ट गर्नुहोस्
view comments