मुजफ्फरपुरमा कुर्सी र कार्यालय गंगाजलले ‘शुद्धीकरण’ गर्ने प्रधानाध्यापक निलम्बित
1 घन्टा पहिले प्रकाशित
एजेन्सी,भदौ २५ गते । बिहारको मुरौलस्थित राजकीयकृत शिवनन्दन उच्च माध्यमिक विद्यालयका प्रभारी प्रधानाध्यापक ज्ञान प्रकाशले आफ्नो कुर्सी र कार्यालय गंगाजल छर्केर ‘शुद्धीकरण’ गरेको भिडियो सार्वजनिक भएपछि शिक्षा विभागले उनलाई निलम्बन गरेको छ। भिडियोमा उनले मन्त्र उच्चारण गर्दै कुर्सी तथा कार्यालयमा गंगाजल छर्किएको देखिन्छ। घटनापछि जिल्ला शिक्षा पदाधिकारीले प्रधानाध्यापकको तलबसमेत रोक्का गर्दै विभागीय छानबिनको आदेश दिएका छन्।
शिक्षा विभागले भदौ १९ गते भिडियोबारे जानकारी पाएपछि प्रधानाध्यापकलाई लिखित स्पष्टीकरण मागेको थियो। विभागका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त कार्य सरकारी कर्मचारीको आचरण तथा कर्तव्यसँग सम्बन्धित गम्भीर विषय देखिएको छ। जिल्ला शिक्षा पदाधिकारी कुमार अरविन्द सिन्हाको आदेशमा घटनालाई गम्भीर अनुशासनहीनता र कर्तव्यप्रति लापरवाही मान्दै निलम्बन गरिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments