दरभंगामा छात्रामाथि दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ
2 घन्टा पहिले प्रकाशित
एजेन्सी,भदौ २५ गते । सिंहवाडा थाना क्षेत्रको मध्य विद्यालय कोडामा कक्षा ४ का छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक राजेश कुमार पासवान पक्राउ परेका छन्। छात्राले शिक्षकले अनुचित रूपमा छुने गरेको परिवारलाई बताएपछि अभिभावक तथा स्थानीय विद्यालय पुगेका थिए। घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा हंगामा गरेपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे छात्रा र उनका परिवारसँग सोधपुछ गर्नुका साथै यसअघि पनि यस्ता गुनासो गरिएको थियो कि थिएन र विद्यालय व्यवस्थापनको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको छ। घटनाको विरोधमा स्थानीयले कारबाहीको माग गरेपछि सिंहवाडा, सिमरी, कमतौल र मब्बी क्षेत्रबाट प्रहरी टोली परिचालन गरिएको थियो। हाल आरोपी शिक्षक प्रहरी हिरासतमा छन् र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments