दुई शिक्षकविरुद्ध १२ बालिकामाथि यौन दुर्व्यवहारको आरोप

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २४ गते ।  बिहारको बक्सरस्थित डुमराउँ प्रखण्डको एक माध्यमिक विद्यालयका दुई शिक्षकले करिब १२ जना नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको र अश्लील भिडियो बनाएको आरोप लागेको छ। भिडियो सार्वजनिक भएपछि आक्रोशित स्थानीयले दुवै शिक्षकलाई कुटपिट गरेका थिए। घटनापछि प्रहरीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको छ भने जिल्ला शिक्षा विभागले दुवै शिक्षकलाई तत्काल निलम्बन गरेको छ।

प्रहरीले पीडित पक्षको उजुरीका आधारमा बालबालिकासम्बन्धी कानुनसहित गम्भीर धारामा मुद्दा दर्ता गरी आरोपी शिक्षकको खोजी गरिरहेको जनाएको छ। बक्सरका प्रहरी उपरीक्षक शुभम आर्यका अनुसार आरोपीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ। घटनाको अनुसन्धानका क्रममा सार्वजनिक भएको भिडियो र पीडित परिवारको बयानलाई प्रमाणका रूपमा समेटिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?