जनकपुरधामका दुई लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २२ गते । लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका छन्। वर्ष २०२६/०२७ का लागि ललितकुमार साहको नेतृत्वमा चयन भएको लायन्स क्लब अफ जनकपुरधाम जानकीको प्रथम उपाध्यक्षमा गौतम सर्राफ, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार दास, सचिवमा रामकिशोर साह र कोषाध्यक्षमा सञ्जयकुमार साह चयन भएका छन्। यस्तै, चेयरम्यान एमसीमा गौतम अग्रवाल, एलसीआईएफ संयोजकमा सन्तोषकुमार साह, टेमरमा नरेशकुमार साह र टेल ट्विस्टरमा रघुवीर अग्रवाल तथा डाइरेक्टरमा अमरनाथ गुप्ता, वीरेन्द्र साह, रविकुमार साह र अरुणकुमार साह चयन भएका छन्।

दुर्गेशकुमार साहको नेतृत्वमा चयन भएको लायन्स क्लब अफ जनकपुरधाम रोयल्सको प्रथम उपाध्यक्षमा नवराज उपाध्याय, द्वितीय उपाध्यक्षमा निशान्त साह, सचिवमा रोशन साह र कोषाध्यक्षमा रोशन चौधरी चयन भएका छन्। यस्तै, सर्भिस चेयरपर्सनमा सरोज चौधरी, सदस्यता संयोजकमा मनिका कुमारी साह, मार्केटिङमा रामसोगारथ साह, चेयरपर्सनमा बलरामकुमार साह र एलसीआईएफ संयोजकमा धीरज साह तथा बोर्ड अफ डाइरेक्टरमा वसन्तकुमार साह, गोविन्दराज मण्डल, सन्तोषकुमार साह र ओमप्रकाश साह चयन भएका छन्। शपथपछि दुवै क्लबका नयाँ पदाधिकारीहरूले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायतको उपस्थिति थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?