माग सम्बोधन नभएपछि डा. गोविन्द केसी आजदेखि २४औँ सत्याग्रहमा

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण ७ गते ।  चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन बस्ने कार्यक्रम तय गरेका छन्। सरकारले विगतका सहमति कार्यान्वयन नगरेको र साउन ५ गतेसम्म माग सम्बोधन गर्ने प्रतिबद्धता पूरा नगरेपछि पुनः आन्दोलनमा उत्रिनुपरेको डा. केसीको भनाइ छ।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया, सुशासन र स्वास्थ्य अधिकारलाई यसपटकको आन्दोलनको मुख्य एजेन्डा बनाएका छन्। उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा कानुनविपरीत भएका भनिएका नियुक्ति खारेज गर्न, सम्बन्धित कानुन संशोधन गर्न तथा नियुक्तिमा राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्व अन्त्य गर्न माग गरेका छन्। मागप्रति सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने उनले चेतावनी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?