महोत्तरीका नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टीमा गरे प्रवेश
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २ गते ।नेकपा एमालेमा असन्तुष्ट रहेका महोत्तरीका नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङतान काठमाडौँमा पार्टीका अध्यक्ष माधव नेपालको उपस्थितिमा एसमा प्रवेश गरेका हुन् ।
स्थानीइ तहको निर्वाचन मिति घोषणा भएपछि मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको समय नेकपा एस अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ ।
आइतवार स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि नेकपा एसमा प्रवेश गरेका छन् ।मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।
कमेन्ट गर्नुहोस्
view comments