महाअभियोग दर्ता गर्दै एमाले संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २ गते । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावको काउण्टर प्रस्तावका रुपमा सर्वोच्चका अरु चारजना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने भएको छ।
आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाएपछि आक्रोशित एमालेले असार २८ गते परमादेश जारी गर्ने संवैधानिक इजलासका बाँकी चार जना न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने भएको हो।
राणाविरुद्ध प्रस्ताव दर्ता भएपछि आइतबार राति बसेको एमालेको आकस्मिक सचिवालय बैठकले राणाविरुद्धको प्रस्तावलाई ‘गम्भीर र षड्यन्त्रपूर्ण’ भन्दै ‘प्रतिवाद गर्ने’ निर्णय गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनलाई उल्ट्याउँदै प्रधानन्याधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
देउवाले संविधानको धारा ७६ ९५० अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित दिएको दाबीलाई अस्वीकार गर्दै प्रधानमन्त्री ओलीको विघटन सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो। जसका कारण ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएका थिए।
असार २८ गतेको फैसलाबाट आफूलाई जबरजस्ती रुपमा सत्ताबाट निकालिएको दाबी ओलीले प्रत्येक दिन गर्ने गरेका छन्।
महाअभियोगको प्रसंग आउनेवित्तिकै उक्त संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशलाई लगाउनुपर्ने बताउँदै आएको एमालेले राणाविरुद्ध सत्ता पक्षले महाअभियोग प्रस्ताव पेश गरेपछि बाँकी रहेका कार्की, खड्का, खतिवडा र भट्टराईविरुद्ध प्रस्ताव पेश गर्ने भएको हो।
आइतबार बिहान राणाविरुद्ध प्रस्ताव दर्ता भएपछि एमालेका शीर्ष नेताहरु मध्यराति र बिहान पनि छलफलमा जुटिरेहका छन्। सचिवालय बैठक र मध्यराति निकट कानुन व्यवसायीहरुसँग छलफल गरेपछि एमाले चारजना न्यायाधीशविरुद्ध जाने भएको एक नेताले देश सञ्चारलाई जानकारी दिए।
ती नेताले भने, ‘हामीलाई सत्ता पक्षले महाअभियोग लगाउन निम्तो दियो। सोमबार नै महाअभियोग दर्ता गर्ने कोसिस गर्छौ, नभए मंगलबारसम्म हुन्छ।’
एमालेभित्र अरु न्यायाधीश र सभामुख अग्नि सापकोटाविरुद्ध पनि प्रस्ताव पेश गर्ने विषयमा छलफल चलिरहेको छ।
एमालेले महाअभियोगलाई मुख्य विषय बनाएर सोमबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा हस्ताक्षर संकलन गरिने र सांसदहरुलाई दलका नेतासमेत रहेका ओलीले निर्देशन दिनेछन्।
सामाजिक सञ्जालमार्फत पनि एमाले नेताहरुले चार न्यायाधीश विरुद्ध महाअभियोग ल्याउने संकेत दिएका छन्। उपमहासचिव विष्णु रिमालले ट्वीटरमा एमालेमाथि ढुंगा हानेको बताउँदै जवाफ दिने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धन’ भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ।’ उनी अगाडि लेख्छन्, ‘भनिन्छ नि९ फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन १ हात छोड्नेले सोचेरै त हात छोडेका होलान् निरु’
त्यस्तै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्ततस् सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन्।
‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ९ यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राणाविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर महाअभियोग लगाएका छन्। प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभामा ९८ जना सांसद छन्।
कमेन्ट गर्नुहोस्
view comments