मन्त्रिपरिषद् विस्तार: उद्योग र श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र २७ गते । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यसअघि श्रम मन्त्रालय सम्हालेका दीपक शाह विवादपछि हटाइएका थिए भने उद्योग मन्त्रालय प्रधानमन्त्रीले आफैं सम्हाल्दै आएका थिए।
कमेन्ट गर्नुहोस्
view comments