बिहारमा सरकार परिवर्तनको संकेत: राज्यसभा गएपछि नितीशले दिने राजीनामा
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत २५ गते। बिहारमा नयाँ सरकार गठनबारे महत्वपूर्ण संकेत देखिएको छ। जलस्रोत मन्त्री विजय चौधरीले नितीश कुमार राज्यसभा सदस्य बनेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने स्पष्ट पारेका छन्। यससँगै नितीश लामो समयसम्म मुख्यमन्त्री रहने अड्कलबाजी अन्त्य भएको छ।
उनका अनुसार ‘खरमास’ (अशुभ समय) समाप्त भएपछि मात्र नयाँ सरकार गठन हुनेछ। अप्रिल १४ पछि शुभ साइतमा सरकार गठन हुने अपेक्षा गरिएको छ। उनले मुख्यमन्त्रीको राजीनामाका लागि मन्त्रिपरिषद् बैठक आवश्यक नपर्ने पनि बताएका छन्।
नितीश कुमार राज्यसभा सदस्यका रूपमा शपथ लिएपछि राजीनामा दिनेछन् र त्यसपछि एनडीएका दलहरूको बैठक बसेर नयाँ सरकार गठनबारे निर्णय हुनेछ। यसैबीच दिल्लीमा जेडीयूको महत्वपूर्ण बैठक बस्नेछ, जहाँ सत्ता हस्तान्तरण, नयाँ मुख्यमन्त्री र उपमुख्यमन्त्रीबारे अन्तिम निर्णय गरिने बताइएको छ।
अहिलेसम्म नयाँ मुख्यमन्त्री को हुने भन्ने स्पष्ट नभए पनि आगामी सरकार भारतीय जनता पार्टी नेतृत्वमा बन्ने संकेत गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments