ढल्केबर मालापोतमा करार नियुक्ति विवाद: पारदर्शितामाथि स्थानीयको प्रश्न
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २४ गते । मालापोत कार्यालय ढल्केबर, धनुषामा करारका कर्मचारी नियुक्ति प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। कार्यालय प्रमुखले तीन जना कर्मचारी नियुक्ति गरेपछि स्थानीयवासीले प्रक्रिया अपारदर्शी रहेको आरोप लगाउँदै विरोध जनाएका हुन्। स्थानीय रामकुमार महतोका अनुसार कार्यालय प्रमुख विश्वकर्माले विगतमा बिचौलियाको रूपमा काम गर्दै आएका आफ्ना आसेपासे व्यक्तिलाई अवैध ढङ्गले नियुक्ति गरेका छन्।
महतोका अनुसार करिब डेढ वर्षअघि पाँच पदका लागि सूचना प्रकाशित गरी १५० भन्दा बढी आवेदन संकलन गरिए पनि कुनै लिखित वा मौखिक परीक्षा नगराई प्रक्रिया रोकिएको थियो। अहिले लुकिछिपी तीन जनालाई नियुक्ति गरिएको भन्दै उनले नियुक्ति खारेज गर्न, पुराना आवेदकलाई प्राथमिकता दिन वा तिरेको राजस्व फिर्ता गर्न माग गरेका छन्। यता कार्यालय प्रमुख विश्वकर्माले भने नियुक्ति प्रक्रिया नियमअनुसार नै भएको दाबी गर्दै निवेदन सोही आर्थिक वर्षभित्र मात्र मान्य हुने भएकाले पुराना आवेदन स्वतः खारेज भएको स्पष्ट पार्नुभएको छ।
कमेन्ट गर्नुहोस्
view comments