नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २६ गते । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्नुका साथै शैलपुत्री देवीको पूजा गरिएको थियो।
नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिँदैछ। जनकपुरधामको राजदेवी मन्दिरमा पनि दसैँका अवसरमा विशेष पूजाआराधना गरिँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments