एसईई परीक्षाको तेस्रो दिन रौतहटमा चिटिङ : २१ वर्षीय युवक पक्राउ, ५ दिनको म्याद

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २३ गते ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार रौतहटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह रहेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका–९, सिन्धुरेधारीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीलाई ह्वाट्सएप ग्रुपमा समावेश गरी प्रश्नपत्रको उत्तर पठाउने (चिटिङ) कार्य गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका साहलाई शिक्षा ऐनअन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटले ५ दिनको म्याद दिइ अनुसन्धान भइरहेको छ।

यसअघि शुक्रबार पनि विद्यार्थीलाई ह्वाट्सएप ग्रुपमा समावेश गरी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर निकालेर उत्तर अनलाइनमार्फत पठाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?