मधेस प्रदेशमा हरियाली घट्दै : सभामुख रामअशिष यादवको चिन्ता, वातावरणीय सन्तुलन खल्बलिने जोखिम
14 घन्टा पहिले प्रकाशित
जनकपुरधामा, चैत्र २२ गते । मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले प्रदेशमा मात्र तीन दशमलव ७० प्रतिशत हरियाली रहेकाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज प्रदेशसभा प्राकृतिक स्रोत तथा वातावरण समितिको बैठकमा उनले देशभर करिब ४५ प्रतिशत हरियाली क्षेत्र रहे पनि मधेसमा अत्यन्त न्यून हरियाली रहनु वातावरणीय सन्तुलनका लागि ठूलो चुनौती भएको बताए।
सभामुख यादवले चुरे क्षेत्रमा बढ्दो वन विनाश र अतिक्रमणले थप सङ्कट निम्त्याउने चेतावनी दिँदै वन तथा वातावरण मन्त्रालयलाई प्रभावकारी कार्यक्रम ल्याउन निर्देशन दिए। उनले सबै तहका सरकार, सरोकारवालाहरूबीच सहकार्य बढाएर हरियाली विस्तार र अतिक्रमण नियन्त्रणमा जोड दिनुपर्नेमा जोड दिए। समितिका सभापति शारदा दास पहाडीले पनि हरियाली विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँदै दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखिन्। मन्त्रालयका सचिव जीवनाथ पौडेलले वन संरक्षण र हरियाली विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै थप प्रभावकारी रणनीति अपनाउने प्रतिबद्धता जनाए।
कमेन्ट गर्नुहोस्
view comments